करोडौँको कारोबार, हजारौँको मृत्यु
गर्भपतनका वैध र सुरक्षित बाटाहरू खुले पनि असुरक्षित र अवैध गर्भपतनको धन्दा घटेको छैन । नेपालमा बर्सर् ७० हजारभन्दा बढी यस्ता गर्भपतन हुने गरेको अनुमान छ । प्रति गर्भपात औसत रु.१० हजारका दरले बर्सर् रु.७० करोडसम्मको कारोबार हुने धन्दामा मूलतः स्वास्थ्यकर्मीहरू नै संलग्न पाइन्छन् ।